Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सपथ आज


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। सोमबार बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनेछन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउँदै प्रधानमन्त्रीमा संविधानको धारा ७६(२) अनुसार दाबी पेस गर्न आह्वान गरेका थिए।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) अनुसार दाबी पेस गर्न आह्वान लगत्तै शुक्रबार राती नै एमाले अध्यक्ष ओलीले सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनसहित प्रधानमन्त्री दाबी गरेका थिए। राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए।

आजओलीको शपथसँगै अन्य मन्त्रीहरूको पनि सपथ गराउने तयारी रहेको छ।दलहरु विच मन्त्रालय सहमति अनुसार भागबन्डा टुंगिसकेको छ।

एमालेले अर्थ, रक्षा, भौतिक, पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति पाएको छ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय पाएको छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीय मामिला पनि कांग्रेसले पाएको छ।

कांग्रेसबाट सरकारमा गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको छ।


प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?