Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत


९ चैत्र ,काठमाडौँ । निर्माण सुरु भएको दुई दशकपछि धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत सकिएको छ । पछिल्लो समयमा कार्यक्षेत्र केही बढाइएको भए पनि पहिलेको अनुसार करिडोर निर्माणको प्रगति ९६ प्रतिशत पुगेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

मर्मतका केही काम बाँकी रहेकामा अहिले भइरहेको प्राधिकरणका इञ्जीनियर सज्जन कुँवरले जानकारी दिए । सङ्खमूलबाट कपनसम्मको करिडोरमा हाल निलो पुल नजिकै पाँच–छ घर अधिग्रहण गर्न बाँकी रहेको इञ्जीनियर कुँवरले बताए ।

सो क्षेत्रमा जग्गा अधिग्रहण गरेर सडक खोल्न बाँकी रहेको छ भने बूढानीलकण्ठ नगरपालिका–२ मा पहिरो जाने खण्डमा पनि निर्माणको काम थोरै बाँकी रहेको छ । उनले भने, “झन्डै पाँच सय मिटर सडक खोल्न बाँकी छ ।”

करिडोरमा पर्ने पुल निर्माणको काम कुनै प्रदेश सरकार त कुनै सङ्घीय सरकारको डिभिजन सडक कार्यालयले गरिरहेका छन् । करिडोरमा प्राधिकरणले पैदलयात्रुमार्ग बनाएको थियो । विभिन्न संरचना निर्माणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणले पैदलयात्रुमार्ग भत्काएको छ ।

उनले भने, “जुन–जुन निकायले बिगार्ने र भत्काउने गरेको छ उसले नै बनाइरहेको छ । कतै भइसकेको छ र कतै भइरहेको छ ।” करिडोरमा नै पुलमुनिको सडक (अन्डरपास)ले गर्दा मुख्य सडकको सवारी चाप व्यवस्थापनमा सहयोग पुगेको छ । यी अन्डरपासमा वर्षाको समयमा भने सडकमा पानी जम्ने समस्या छ । पुलमुनि पानी जाने ठाउँ नभएकाले वर्षाले सडक डुब्नु स्वभाविक भएको इञ्जीनियर कुँवरले बताए ।

आधा एक घण्टा पानी पर्दा सडक तत्काल डुबे पनि केही समयपछि पुनः पानी खोलामा गएर सडक चालु हुने गरी मिलाइएको उनले बताए । उनले भने, “सकेसम्म सडकमा पानी धेरै नजमोस् भनेर तर खोलाको सतह घटेपछि पानी हट्ने गरेर मिलाइएको छ ।”

पहिले झन्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना सुरु भए पनि पछिल्लो समयमा कार्यक्षेत्र विस्तार गरिएको छ । पहिले करिडोर योजनामात्रै रहेकामा हाल धोबीखोला करिडोर तथा कपन बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना बनाइएको छ ।

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले विसं २०५९ वैशाखमा सो करिडोरको निर्माण सुरु गरेको थियो । विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालीन काठमाडौँ उपत्यका नगर विकास समिति)ले निर्माण गर्दै आइरहेको छ ।

करिडोरको निर्माण सम्पन्न हुन लागे पनि सडक अरु निकायको संरचनाका कारण यात्रुले सजिलोरूपमा हिँड्न पाइरहेका छैनन् । विगतमा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गरेका थिए ।

सहरी विकास मन्त्रालयले धोबीखोलासँगै बागमती, मनोहरा, हनुमन्तेलगायतका नदीमा समेत करिडोर निर्माण अघि बढाइरहेको छ । नदीको दुवैतर्फ निर्माण हुने करिडोरले मुख्य सडकको जाम कम गर्न सहयोग गरेका छन् ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?