काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढेकाे छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेलगत्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरियोस् भनी बहुमत सांसदको हस्ताक्षर बाेकेर शीतल निवासमा छन् । बहुमत पुगेकाले ओलीलाई अाजै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार