काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आईतबार(३० असार) बेलुकी ५ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दावी पेश गर्न आह्वान गरेका छन् ।
प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार