Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

दक्षिणकालीमा पहिरोले गुम्बा पुरिँदा एक बालकको मृत्यु


काठमाडौं । दक्षिणकालीस्थित थाइ गुम्बामाथि गएको पहिरोमा पुरिएका ६ जना बालक मध्ये एक बालकको निधन भएको छ ।

शुक्रबार अपरान्ह थाइ गुम्बामाथि पहिरो खस्दा ६ जना बालक पुरिएका थिए । ६ जनाको नै उद्धार गरी अस्पताल ल्याइएकोमा उपचारको क्रममा एक जनाको मृत्यु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

दुर्घटनामा ५ वर्षीया पल्जोम तामाङको मृत्यु भएको र अन्य पाँच जान घाइते हुनेमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मन कुमारी तामाङ छन् ।

उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा भइरहेकाे छ ।


प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?