Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

दक्षिणकालीमा पहिरोले गुम्बा पुरिँदा एक बालकको मृत्यु


काठमाडौं । दक्षिणकालीस्थित थाइ गुम्बामाथि गएको पहिरोमा पुरिएका ६ जना बालक मध्ये एक बालकको निधन भएको छ ।

शुक्रबार अपरान्ह थाइ गुम्बामाथि पहिरो खस्दा ६ जना बालक पुरिएका थिए । ६ जनाको नै उद्धार गरी अस्पताल ल्याइएकोमा उपचारको क्रममा एक जनाको मृत्यु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

दुर्घटनामा ५ वर्षीया पल्जोम तामाङको मृत्यु भएको र अन्य पाँच जान घाइते हुनेमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मन कुमारी तामाङ छन् ।

उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा भइरहेकाे छ ।


प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?