काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बस्ने छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
। यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरुले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने छन् ।
प्रकाशित मिति: २७ असार २०८१, बिहीबार