Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नीति र योजनावद्ध कार्यक्रम कार्यान्वयनबाट प्रगति प्राप्तीः ५ वर्षको तुलनामा महानगरपालिकाको खर्च उच्च


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षमा गएको ५ वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको छ । आज प्रवक्ता नविन मानन्धरले बिज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१.०४ प्रतिशत खर्च भएको जानकारी दिनुभएको हो । यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो ।

यसरी खर्च हुनुमा नीति र योजनावद्ध कार्यक्रम कार्यान्वयन गरिएकाले हो । प्रवक्ता मानन्धर भन्नुहुन्छ, ‘योजना र कार्यक्रमलाई प्राथमिकीकरण गरिएका कारण पनि प्रगति हासिल गर्न सहज भयो ।’

आर्थिक वर्ष २०८०/८१ मा भएको कुल खर्च रकम आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित सिङ्गो बजेट बराबर हो । यसको अघिल्लो वर्ष आ. व. २०७५/७६ मा ५३ प्रतिशत खर्च भएको थियो । त्यसपछि आर्थिक बर्ष २०७६/७७ मा ५० प्रतिशत खर्च भएको थियो । त्यसपछि वर्षहरुमा खर्च गर्ने दर क्रमशः घट्दै गएको थियो ।

खर्च अङ्क घट्दै बढ्दै गएको अवस्थाको विश्लेषण गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भन्नुहुन्छ, ‘महानगरपालिकामा पूँजीगत खर्च वृद्धि र बेरुजु न्यूनीकरण हुनुमा योजनावद्ध कार्यक्रम सञ्चालन तथा व्यवस्थापन, कार्य वातावरणमा सहजीकरण, समग्र कर्मचारीको खर्च गर्ने क्षमतामा तुलनात्मक रुपमा अभिवृद्धि, सामूहिक प्रयास (टिम स्पिरिट) लगायतका प्रयास हुन् ।’ प्रगति हासिल हुनुका कारणसँगै आगामी कार्यक्रमका बारेमा परियार भन्नुहुन्छ, ‘गत आर्थिक वर्षको बृहत समीक्षा, यथार्थपरक बजेट तर्जुमा, वार्षिक कार्ययोजना र अनुगमन योजना तर्जुमा र सोको प्रभावकारी कार्यान्वयन, पहिलो प्राथमिकता प्राप्त योजनाको कार्यान्वयनमा विशेष जोड, नियमित अनुगमन, समीक्षा, मूल्याङ्कन गर्दै पहिचान भएका कमजोरीहरुलाई सुधार गर्दै प्राप्त सिकाईहरुलाई संस्थागत गरिनेछ । बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।’


प्रकाशित मिति: २६ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?