Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण


९ चैत्र, एजेन्सी। उत्तर कोरियाले आज फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो ।

परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन् ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ । यो संयुक्त सैन्य अभ्यास भोलिसम्म जारी रहनेछ ।

पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमितरूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ ।

यसैबीच, दक्षिण कोरियाले पूर्वनिर्धारित योजनाअनुसार संयुक्त सैन्य अभ्यासलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?