Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण


९ चैत्र, एजेन्सी। उत्तर कोरियाले आज फेरि धेरै ‘क्रुज मिसाइल’ प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको छ । उत्तर कोरियाले पूर्वीसागरमा प्रक्षेपण गरेका धेरै क्रुज मिसाइल पत्ता लगाएको सोलले जनाएको हो ।

परीक्षणसम्बन्धी विस्तृत विवरणलाई दक्षिण कोरिया र अमेरिकी गुप्तचर अधिकारीहरूले विश्लेषण गरिरहेका दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले आज एक विज्ञप्ति निकालेर बताएका छन् ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ । अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासलाई उत्तरले आफूमाथि हुने आक्रमणको पूर्वाभ्यासका रूपमा लिएको छ । यो संयुक्त सैन्य अभ्यास भोलिसम्म जारी रहनेछ ।

पछिल्लो समयमा वासिङ्टन र सोलले उत्तरबाट बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी पारस्परिक सहयोगलाई घनीभूत बनाउँदै आएका छन् । उत्तर कोरियाले पनि नियमितरूपमा प्रतिबन्धित हतियार परीक्षणको शृङ्खलालाई जारी राखेको छ ।

यसैबीच, दक्षिण कोरियाले पूर्वनिर्धारित योजनाअनुसार संयुक्त सैन्य अभ्यासलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?