बाँके। जिल्लाको राप्ती सोनारी गाउँपाकिला –२ मा मंगलबार साँझ ६ बजे धान रोपिरहेका स्थानीय ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायमाथि चट्याङ लागेर मृत्यु भएको छ ।
चट्याङ लागेर अचेत भएका उनीहरूलाई बेलुका ८ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो। अस्पताल पुर्याइएपछि त्यहाँ चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: २६ असार २०८१, बुधबार