Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

चार संसदीय समितिको बैठक बस्दै


काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ ।

आज सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल हुनेछ ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको ११ बजे सिंहदरबारमा बस्ने बैठकमा राज्यको मूल प्रवाहमा दलित समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलितआयोगले खेल्दै आएको भूमिकाका बारेमा छलफल हुने बताइएको छ।

यसैगरी, बिहान ११ बजे सिंहदरबारमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुने कार्यसूची रहेको छ ।

विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन, वितरण एवं एवं सहज आपूर्तिको लागि देखिएका समस्या, चुनौतीलगायतका विषयमा छलफल हुनेछ ।


प्रकाशित मिति: २६ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?