Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

साताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले ओरालो लाग्यो शेयर बजार


९ चैत्र, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले ओरालो लागेर एक हजार नौ सय १५ दशमलब १४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ०१ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार दुई सय ७० कित्ता शेयर रु एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई मूल्यमा खरिद बिक्री भएका छन् ।

आजको कारोबारमा कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको रु २१ करोड ७४ लाख ६४ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ । साथै सिद्धार्थ बैंकको रु आठ करोड ३५ लाख ७१ हजार नौ सय ३३, हिमालयन डिस्टिलरीको रु चार करोड ४५ लाख ६३ हजार चार सय ७७, नबिल बैंकको रु तीन करोड ८४ लाख ६९ हजार दुई सय ३८ र शिवम् सिमेन्टको रु तीन करोड ७१ लाख ३९ हजार छ सय ३२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एशिएन हाइड्रोपावर नौ दशमलब ९७, सिद्धार्थ बैंक आठ दशमलब ३४, बोटलर्स नेपाल तराई, पाँच दशमलब २१ र लिवर्टी इनर्जीकोे चार दशमलब २६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, युनिक नेपाल लघुवित्त सात दशमलब ४६, सिर्जनशिल लघुवित्त छ दशमलब ८३, खप्तड लघुवित्त छ दशमलब शून्य दुई, शुभम पावर पाँच दशमलब ७४ र एनआइसी एशिया बैंकको शेयर मूल्य पाँच दशमलब १२ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?