Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नेक विडिएचले विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाएको दावी


काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले सञ्चालन गरेको विडिएच कार्यक्रमले डिप्लोमा गरेर बसेका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने वातावरण बनाएको बताइएको छ । ब्याचलर फर डिप्लोमा होल्डर्स कार्यक्रमले सिटिइभिटी अन्तरगत डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेकाहरुलाई विश्वविद्यालयको डिग्री लिने अवसर दिएको बताइएको हो ।

शुक्रबार वि.ई. सिभिल फर डिप्लोमा होल्डर्स २०१८ ब्याचका ३२ जना विद्यार्थीहरुको विदाई कार्यक्रममा वक्ताहरुले डिप्लोमा अध्ययन गरेकाहरुलाई विडिएच कार्यक्रमले विश्वविद्यालयको शिक्षा प्राप्त गर्न सहयोग पुगेको बताए । कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले देशको लागि चाहिने दक्ष इन्जिनियरहरु उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे । विडिएच कार्यक्रमले सिटिइभिटीबाट डिप्लोमा गरेकाहरुलाई विश्वविद्यालयको शिक्षा हासिल गर्ने बाटो बनाइदिएको भन्दै उनले विद्यार्थीहरुलाई आफूले हासिल गरेको शिक्षा र सीपलाई सहि सदुपयोग गर्न आग्रह गरे ।

प्रा.डा. शाहीले विश्वविद्यालयहरुले अब शिक्षा र उद्योगलाई सँगै जोडेर लैजाने पाठ्यक्रमको विकास गरिनुपर्ने बताए । ‘इन्डष्ट्री र एकेडेमीलाई लिंक अप उराउने गरी कोर्षहरु बनाउनु पर्छ । इन्डष्ट्री र कोर्ष छुट्टाछुट्टै जान सक्दैन ।’ साथै, उनले विडिएच उत्तीर्ण विद्यार्थीहरुलाई पढाई नसकिएको भन्दै पढ्ने तरिका सिकेको भन्दै पढाईलाई निरन्तरता दिन सुझाब दिए ।

कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीले विद्यार्थीले सिकेको ज्ञानलाई व्यवहारमा उतारेर सफल हुनुपर्ने बताउँदै विद्यार्थीहरुलाई अवसर प्रदान गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘तपाईहरुको सफलता नै कलेजको सफलता हो । यहाँहरुलाई व्यवसायीक क्षेत्रमा प्रवेश गर्न र अवसर खोज्न कलेजले समन्वयकारी भूमिका निर्वाह गर्छ ।’ प्राचार्य भण्डारीले भने ।

विदाई कार्यक्रममा बोल्दै विडिएच टपर काशिराम उपाध्यायले नेक विडिएस कार्यक्रमले डिप्लोमा गरेर ग्याप भएकाहरुलाई उच्च शिक्षा अध्ययन गर्ने बाटो निर्माण गरिदिएको बताए । विडिएच कोर्षले रोजगारीमा रहेकाहरुलाई पढ्ने वातावरण बनाईदिएको उनको भनाई छ । कार्यक्रममा पूर्व कार्यक्रम अफिसर रविन्द्र कुमार बुढाथोकी, पूर्व कार्यक्रम संयोजक उमेश केसी लगायतले बोलेका थिए ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विधाका विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ ।


प्रकाशित मिति: २४ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?