काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान १० बजे संसद भवनमा बस्दै छ ।
आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रकाशित मिति: २३ असार २०८१, आईतवार