Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

पिंकीको नगद उठाउने काइदाः शेयरमा लगानी गरेको कम्पनी नै गायब !


काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको संस्था नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)की अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी)माथि ठगी गरेको आरोप लागेको छ। २०७४ सालमा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को शेयर बिक्री गरेर रसिद थमाएकी पिंकीले हालसम्म शेयर परे नपरेको जानकारी माग्दा उल्टै धम्की पाएको शेयर खरिदकर्ता समुदायका सदस्यले गुनासो गरेका छन्।

ब्लु डायमन्ड सोसाइटी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वकालत गर्ने नेपालको पहिलो संस्था हो। सन् २००८ देखि पिंकी संस्थाको निरन्तर अध्यक्ष छिन्। सन् २००१ मा सुनिलबाबु पन्तले ब्लु डायमन्ड सोसाइटी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरे। सुरुका वर्ष तेस्रो लिङ्गीहरू संस्थाको सदस्य बस्न मानेनन्। पन्तले आफन्तहरूलाई कार्य समितिमा राखेर दर्ता गराएको प्रशासनको रेकर्डबाटै देखिन्छ। पन्त संविधान सभाको सदस्य बनेपछि पिंकी सोसाइटीको अध्यक्ष चुनिएकी थिइन।

सन् २०२४ सम्म पनि अध्यक्षमा पिंकी र उपाध्यक्ष उमेश पाण्डे (उमिशा) नै कायम छन्। उमिशाले अध्यक्ष बन्ने प्रयास गरे पनि पिंकीले रोक्दै आएको समुदायका सदस्यहरू बताउँछन्। उनै अध्यक्ष पिंकी गुरुङले ७ वर्ष अघि रसिद काटेर शेयरका नाममा उठाएको रकम ठगी भएको समुदायका पीडित सदस्यले गुनासो गरेका हुन्। त्यसबखत पिंकी डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध थिइन। ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष भएकै कारण पिंकीलाई नयाँ शक्ति पार्टीले समानुपातिक कोटामा सांसद बनाउने आश्वासन समेत दिएको थियो।

नयाँ शक्ति पार्टीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई वर्ल्ड ट्रेड सेन्टरमा दिएको प्रशिक्षणमा डा.भट्टराई प्रमुख अतिथि थिए। उनले पिंकीलाई समानुपातिक कोटामा सांसद बनाउने आश्वासन डा. भट्टराईले सोही कार्यक्रममा दिएका थिए। अध्यक्ष गुरुङले चुनावी प्रचारसँगै नयाँ शक्ति पार्टीमा आबद्ध हुने समुदायका सदस्यलाई जलविद्युत कम्पनीको शेयर दिने प्रलोभन दिएकी थिइन। हामीले पाउँदैनौ र? भन्ने जिज्ञासामा गुरुङले त्यतिबेला भनेकी थिइन,यो शेयर पत्रकारहरूका लागि होइन।

उनले समुदायका सदस्यसँग भने १० हजार देखि दुई लाख रुपैयाँ सम्मको शेयर भिडाएको पीडितहरूले बताए। ब्लु डायमन्ड सोसाइटी अन्तर्गत टंगालमा सञ्चालित कार्यालयका एक सदस्यका अनुसार गुरुङले झन्डै १५ जनाबाट १० हजारदेखि ५० हजार रुपैयाँसम्म उठाएको बताए। २०७४ सालमा पिंकीलाई नगद बुझाएर रसिद लिएका पीडितहरूले हालसम्म कुनै जानकारी नपाएपछि मिडियामा आउनुपरेको बताए। पिंकीले शेयर परे नपरेको सोधखोज गर्ने पीडितहरूमध्ये केहीसँग रसिद फिर्ता समेत लिइसकेको उनीहरूले बताए। हाम्रो शेयर के भयो भनेर सोध्दा, पिंकीले म बुझेर खबर गर्छ भनेको पनि ४ ५ महिना भइसक्यो,पीडितले भने,अहिलेसम्म शेयर परे नपरेको केही थाहा हुन सकेको छैन।

नगदी रसिद फिर्ता लिएका मध्ये केहीलाई भने पिंकीले ब्याज सहित पैसा पाउने आश्वासन दिएको पाइएको छ। पूर्णचन्द्र पौडेलको ५० हजार रुपैयाँको रसिद पिंकीले फिर्ता लगेको रहेछ,अहिलेसम्म पैसा फिर्ता पाएका छैनन्,उनले भने। रसुवाको धुन्चेमा कार्यालय रहने गरी २०७३ सालमा स्थापना भएको विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली. सञ्चालनमा रहे नरहेको नै पत्ता पाउन नसकेपछि आफूहरूले नगद सङ्कलन गर्ने ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष गुरुङसँग सोधपुछ गरिरहेको पीडितले जानकारी दिए।

गुरुङले समाचार आउँदै केही फरक नपर्ने भन्दै शेयर भरेका केहीलाई ब्याज सहित फिर्ता दिने आश्वासन दिएको पीडितले सुनाए। प्रहरी कार्यालयमा उजुरी गरे राम्रो नहुने धम्की समेत दिएकाले समस्यामा परेको ब्युटी पार्लर सञ्चालन गरेका समुदायका अर्का एक सदस्यले गुनासो गरे। पहिचान मिडियाले अध्यक्ष गुरुङसँग पटकपटक सम्पर्क गर्ने प्रयास गरेको छ। तर, उनी सम्पर्कमा आउन चाहेकी छैनन्। उनको फोन नै रिसिभ भएको छैन। हरेक विषयमा सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँछिन् गुरुङ।

तर, समुदायका सदस्यसँग जलविद्युत कम्पनीको शेयर भर्न उठाएको नगद र एउटै दातृ निकायबाट एकै प्रकृतिको काम गर्ने चार वटा संस्थाहरुबीच बनेको स्वार्थको गठबन्धनबारे भने कुनै प्रतिक्रिया सार्वजनिक गरेकी छैनन्। कम्पनी रजिस्ट्रारको कार्यालयले विवेकशील आर्दर्श कम्पनी दर्ता भए पनि २०७४ सालदेखि अपडेट नभएको जानकारी दिएको छ। ‘संस्था दर्ता छ,’कम्पनी रजिस्ट्रार कार्यालयले भन्यो,तर २०७४ देखि कुनै विवरण अपडेट गरिएको छैन


प्रकाशित मिति: २२ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?