Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने


९ चैत्र, काठमाडौ । पहिलो न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

काठमाडौ महानगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरी चैत १५ र १६ मा हुन लागेको कार्यक्रमको तयारी पूरा भएको र प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएको जानकारी दिएको हो ।

रविभवनमा आयोजित पत्रकार सम्मेलनमा महानगरकी उपमेयर सुनिता डंगोलले कार्यक्रममा सहभागिताका लागि ७५२ वटै पालिकालाई पत्र पठाइएको जानकारी दिईन् । उनका अनुसार हालसम्म साँढे ४ सय पालिकाले सहभागी हुने जानकारी दिएका छन् ।

सम्मेलन कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हुनेछ । बैठकमा राम्रा र सफल अभ्यासबारे अनुभव आदानप्रदान, न्यायिक समितिको काममा एकरुपता कायम गर्ने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनमार्फत काठमाडौ घोषणापत्र जारी गर्ने तयारी रहेको कार्यक्रममा जानकारी गराईएको थियो । त्यस्तै, न्यायिक समितिका काममा एकरुपताका लागि दिग्दर्शन समेत तयार गरिने तयारी छ।

कार्यक्रम अवधिभर खानाको व्यवस्था महानगरले गर्नेछ भने अन्य व्यवस्था सम्बन्धित पालिकाले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?