Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने


९ चैत्र, काठमाडौ । पहिलो न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

काठमाडौ महानगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरी चैत १५ र १६ मा हुन लागेको कार्यक्रमको तयारी पूरा भएको र प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएको जानकारी दिएको हो ।

रविभवनमा आयोजित पत्रकार सम्मेलनमा महानगरकी उपमेयर सुनिता डंगोलले कार्यक्रममा सहभागिताका लागि ७५२ वटै पालिकालाई पत्र पठाइएको जानकारी दिईन् । उनका अनुसार हालसम्म साँढे ४ सय पालिकाले सहभागी हुने जानकारी दिएका छन् ।

सम्मेलन कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हुनेछ । बैठकमा राम्रा र सफल अभ्यासबारे अनुभव आदानप्रदान, न्यायिक समितिको काममा एकरुपता कायम गर्ने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनमार्फत काठमाडौ घोषणापत्र जारी गर्ने तयारी रहेको कार्यक्रममा जानकारी गराईएको थियो । त्यस्तै, न्यायिक समितिका काममा एकरुपताका लागि दिग्दर्शन समेत तयार गरिने तयारी छ।

कार्यक्रम अवधिभर खानाको व्यवस्था महानगरले गर्नेछ भने अन्य व्यवस्था सम्बन्धित पालिकाले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?