Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

साउदी र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, पछिल्लो सम्झौता कार्यान्वयनको प्रतिबद्धता


९ चैत्र, एजेन्सी । साउदी अरब र इरानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनिहरूले हालै भएको ऐतिहासिक द्विपक्षीय मेलमिलाप सम्झौता कार्यान्वयन गर्न शीघ्र भेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले होसेन अमिर–अब्दुल्लाहियानलाई फोन गरेर आजदेखि प्रारम्भ भएका पवित्र महिना रमजानको अवसरमा बधाई तथा शुभकामना आदानप्रदान गरेको साउदी विदेश मन्त्रालयले ट्विटरमा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुवै देशका विदेशमन्त्री आ–आफ्नो मुलुकमा एकअर्काका दूतावास र वाणिज्य दूतावास पुनः सञ्चालनको खाका तयार गर्न चाँडै द्विपक्षीय बैठक गर्न सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

इरान र साउदी अरबबीच सात वर्षदेखि चिसिएको एवम् विच्छेद भएको सम्बन्ध चीनको मध्यस्थतामा यसै महिनाको १० तारिखदेखि पुनःस्थापित भएको हो ।

सिया धर्मगुरु निम्र अल–निम्रलाई साउदी अरबले फाँसी दिएपछि इरानी प्रदर्शनकारीहरूले सन् २०१६ तेहरानस्थित साउदी कूटनीतिक नियोगमा आक्रमण गरेका थिए । उक्त आक्रमणपछि रियादले तेहरानसँगको सम्बन्ध विच्छेद गरेको हो । दुवै क्षेत्रीय प्रतिद्वन्द्वीलाई सहकार्य र साझेदारीको बाटोमा ल्याएर चीनले विश्वव्यापी प्रशंसा पाएको छ ।

चीनको मध्यस्थतामा भएको तेहरान र रियादबीचको सम्झौताले शिया बहुल इरान र मुख्यतया सुन्नी मुस्लिम भएको साउदी अरबले दुई महिनाभित्र आफ्ना दूतावास पुनः खोल्ने तथा २० वर्ष अघि हस्ताक्षर गरिएका सुरक्षा र आर्थिक सहयोगसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।

गत आइतवार एक इरानी अधिकारीले बताएअनुसार राष्ट्रपति इब्राहिम रायसीले राजा सलमानबाट साउदी भ्रमणको निमन्त्रणा प्राप्त भएको छ । यद्यपि रियादले त्यो पुष्टि गर्न बाँकी छ । दुवै देशले शीर्ष कूटनीतिक तहमा बैठक गर्न सहमति जनाउँदै तीन वटा बैठक स्थानबारेसमेत सुझाव दिएका जनाइएको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?