Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

साउदी र इरानका विदेशमन्त्रीबीच फोनवार्ता, पछिल्लो सम्झौता कार्यान्वयनको प्रतिबद्धता


९ चैत्र, एजेन्सी । साउदी अरब र इरानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनिहरूले हालै भएको ऐतिहासिक द्विपक्षीय मेलमिलाप सम्झौता कार्यान्वयन गर्न शीघ्र भेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले होसेन अमिर–अब्दुल्लाहियानलाई फोन गरेर आजदेखि प्रारम्भ भएका पवित्र महिना रमजानको अवसरमा बधाई तथा शुभकामना आदानप्रदान गरेको साउदी विदेश मन्त्रालयले ट्विटरमा पोस्ट गरेको विज्ञप्तिमा जनाइएको छ ।

दुवै देशका विदेशमन्त्री आ–आफ्नो मुलुकमा एकअर्काका दूतावास र वाणिज्य दूतावास पुनः सञ्चालनको खाका तयार गर्न चाँडै द्विपक्षीय बैठक गर्न सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

इरान र साउदी अरबबीच सात वर्षदेखि चिसिएको एवम् विच्छेद भएको सम्बन्ध चीनको मध्यस्थतामा यसै महिनाको १० तारिखदेखि पुनःस्थापित भएको हो ।

सिया धर्मगुरु निम्र अल–निम्रलाई साउदी अरबले फाँसी दिएपछि इरानी प्रदर्शनकारीहरूले सन् २०१६ तेहरानस्थित साउदी कूटनीतिक नियोगमा आक्रमण गरेका थिए । उक्त आक्रमणपछि रियादले तेहरानसँगको सम्बन्ध विच्छेद गरेको हो । दुवै क्षेत्रीय प्रतिद्वन्द्वीलाई सहकार्य र साझेदारीको बाटोमा ल्याएर चीनले विश्वव्यापी प्रशंसा पाएको छ ।

चीनको मध्यस्थतामा भएको तेहरान र रियादबीचको सम्झौताले शिया बहुल इरान र मुख्यतया सुन्नी मुस्लिम भएको साउदी अरबले दुई महिनाभित्र आफ्ना दूतावास पुनः खोल्ने तथा २० वर्ष अघि हस्ताक्षर गरिएका सुरक्षा र आर्थिक सहयोगसम्बन्धी सम्झौता कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ ।

गत आइतवार एक इरानी अधिकारीले बताएअनुसार राष्ट्रपति इब्राहिम रायसीले राजा सलमानबाट साउदी भ्रमणको निमन्त्रणा प्राप्त भएको छ । यद्यपि रियादले त्यो पुष्टि गर्न बाँकी छ । दुवै देशले शीर्ष कूटनीतिक तहमा बैठक गर्न सहमति जनाउँदै तीन वटा बैठक स्थानबारेसमेत सुझाव दिएका जनाइएको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?