Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘प्रचण्ड’को अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति बन्यो : गगन थापा


काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री ‘प्रचण्ड’को अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति बनेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डकै अस्थिर कार्यशैलीका कारण काँग्रेस एमाले एक ठाउँमा उभिएको बताएका हुन् ।

‘अहिलेको परिस्थितिको सम्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री ‘प्रचण्ड’को अस्थिरताको कारणले हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि काँग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस् भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो,’ उनले भने,‘ तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै गठबन्धन बन्थ्यो ? बन्दैनथ्यो ‘प्रचण्ड’को यति धेरै अस्थिर चरित्र व्यवहार नभएको भए ।’

एमालेसँगको गठबन्धनपछि पनि ‘प्रचण्ड’ले दायाँबायाँ गरिरहेको उनले बताए । ‘एमालेसँगको सरकारमा बसिसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसके पछाडि अहिलेको दुर्घटना निम्त्याएको हो,’ उनले भने, ‘‘नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन, त्यो कारणले अहिलेको परिस्थिति निर्माण भएको हो ।’

अहिलेको सरकार ढाल्न प्रधानमन्त्री ‘प्रचण्ड’ बाहेक कसैको भूमिका नरहेको उनको संविधान पुनरावलोकनका लागि दुई दल एक ठाउँमा उभिएको बताए ।


प्रकाशित मिति: २० असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?