Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

‘प्रचण्ड’को अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति बन्यो : गगन थापा


काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री ‘प्रचण्ड’को अस्थिर कार्यशैलीका कारण अहिलेको परिस्थिति बनेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डकै अस्थिर कार्यशैलीका कारण काँग्रेस एमाले एक ठाउँमा उभिएको बताएका हुन् ।

‘अहिलेको परिस्थितिको सम्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री ‘प्रचण्ड’को अस्थिरताको कारणले हो, नयाँ सरकार बनेपछि गठबन्धन बनेपछि काँग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस् भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्छ भन्ने थियो,’ उनले भने,‘ तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै गठबन्धन बन्थ्यो ? बन्दैनथ्यो ‘प्रचण्ड’को यति धेरै अस्थिर चरित्र व्यवहार नभएको भए ।’

एमालेसँगको गठबन्धनपछि पनि ‘प्रचण्ड’ले दायाँबायाँ गरिरहेको उनले बताए । ‘एमालेसँगको सरकारमा बसिसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसके पछाडि अहिलेको दुर्घटना निम्त्याएको हो,’ उनले भने, ‘‘नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन, त्यो कारणले अहिलेको परिस्थिति निर्माण भएको हो ।’

अहिलेको सरकार ढाल्न प्रधानमन्त्री ‘प्रचण्ड’ बाहेक कसैको भूमिका नरहेको उनको संविधान पुनरावलोकनका लागि दुई दल एक ठाउँमा उभिएको बताए ।


प्रकाशित मिति: २० असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?