काठमाडौं । राजीनामा बुझाउन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका टोली प्रधानमन्त्रीसँगको छलफलपछि फिर्ता भएको हो। प्रधानमन्त्रीले आफूले संसद फेस गर्ने र त्यतिबेलासम्म साथ दिन भनेपछि राजीनामा नबुझाई फर्किएको हो।
प्रधानमन्त्री संगको छलफल पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको हो ।
प्रकाशित मिति: २० असार २०८१, बिहीबार