Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई अदालतले सुनायो २ वर्षको जेल सजाय


९ चैत्र, एजेन्सी । भारतीय विपक्षी नेता राहुल गान्धीलाई स्थानीय अदालतले आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ ।

गान्धीलाई गुजरात राज्यको अदालतले २०१९ मा चुनावी र्‍यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपनामको बारेमा टिप्पणी गरेकोमा दोषी ठहर गरेको हो ।

गान्धिलाई तत्काल जेल नलगिने बताइएको छ । उनले ३० दिनको जमानत पाएको र  अदालतको आदेश विरुद्ध अपील गर्न सक्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

न्यायाधीशले फैसला सुनाउँदा कांग्रेस सांसद अदालतमा थिए ।

२०१९ को आम चुनाव अघि कर्नाटक राज्यमा एक चुनावी र्‍यालीमा बोल्दै गान्धीले सबै चोरहरूको उपनाम किन ‘मोदी छ’ भनेका थिए । उनले भगोड़ा हीरा व्यवसायी नीरव मोदी र पूर्व इन्डियन प्रिमियर लिगका अध्यक्ष ललित मोदी लक्षित यो अभिव्यक्ति दिएको बताइएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका सांसद पूर्णेश मोदीको उजुरीको आधारमा मुद्दा दायर गरिएको थियो। उनले गान्धीको टिप्पणीले सम्पूर्ण मोदी समुदायलाई बदनाम गरेको बताएका थिए ।

गान्धीका वकिलहरूले मुद्दामा सही कानुनी प्रक्रियाहरू पालना नगरिएको तर्क गरेका छन् । उनीहरूले गान्धीको भाषणको निशाना पूर्णेश मोदी नभएकाले नरेन्द्र मोदीले नै उजुरी गर्नुपर्ने तर्क समेत राखेका थिए ।

कांग्रेस पार्टीले ट्वीट गर्दै गान्धीले अपील दायर गर्ने र मुद्दा जित्ने उल्लेख गरेको छ ।

गान्धीले अहिलेसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् तर महात्मा गान्धीको हिन्दीमा एउटा उद्धरण ट्वीट गरेका छन्। जसमा लेखिएको छ, “मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो भगवान हो, र अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो।”


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?