Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई अदालतले सुनायो २ वर्षको जेल सजाय


९ चैत्र, एजेन्सी । भारतीय विपक्षी नेता राहुल गान्धीलाई स्थानीय अदालतले आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ ।

गान्धीलाई गुजरात राज्यको अदालतले २०१९ मा चुनावी र्‍यालीमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपनामको बारेमा टिप्पणी गरेकोमा दोषी ठहर गरेको हो ।

गान्धिलाई तत्काल जेल नलगिने बताइएको छ । उनले ३० दिनको जमानत पाएको र  अदालतको आदेश विरुद्ध अपील गर्न सक्ने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

न्यायाधीशले फैसला सुनाउँदा कांग्रेस सांसद अदालतमा थिए ।

२०१९ को आम चुनाव अघि कर्नाटक राज्यमा एक चुनावी र्‍यालीमा बोल्दै गान्धीले सबै चोरहरूको उपनाम किन ‘मोदी छ’ भनेका थिए । उनले भगोड़ा हीरा व्यवसायी नीरव मोदी र पूर्व इन्डियन प्रिमियर लिगका अध्यक्ष ललित मोदी लक्षित यो अभिव्यक्ति दिएको बताइएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका सांसद पूर्णेश मोदीको उजुरीको आधारमा मुद्दा दायर गरिएको थियो। उनले गान्धीको टिप्पणीले सम्पूर्ण मोदी समुदायलाई बदनाम गरेको बताएका थिए ।

गान्धीका वकिलहरूले मुद्दामा सही कानुनी प्रक्रियाहरू पालना नगरिएको तर्क गरेका छन् । उनीहरूले गान्धीको भाषणको निशाना पूर्णेश मोदी नभएकाले नरेन्द्र मोदीले नै उजुरी गर्नुपर्ने तर्क समेत राखेका थिए ।

कांग्रेस पार्टीले ट्वीट गर्दै गान्धीले अपील दायर गर्ने र मुद्दा जित्ने उल्लेख गरेको छ ।

गान्धीले अहिलेसम्म सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् तर महात्मा गान्धीको हिन्दीमा एउटा उद्धरण ट्वीट गरेका छन्। जसमा लेखिएको छ, “मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो भगवान हो, र अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो।”


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?