Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

पिंकी गुरुङले शेयर बिक्री बापत समुदायबाट लाखौँ उठाएर ठगी गरेको आरोप


काठमाडौं। नील हिरा समाजकी अध्यक्ष सञ्जीव गुरुङ (पिंकी, शीतल)ले जलविद्युत कम्पनीको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई शेयर बिक्री गरेर लाखौँ रकम उठाएको पाइएको छ। विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को नाममा समुदायबाट लाखौँ रुपैयाँ उठाएर अपचलन गरेको गुनासो पीडितहरूले गरेका छन्।

लमजुङ विचौर गा.वि.स. जन्मस्थान भएका काठमाडौं धापासी बस्ने गुरुङले जलविद्युत कम्पनीको सेयर भर्ने नाममा लाखौँ उठाएको पाइएको हो। २०५९ साल देखि ब्लु डाइमण्ड सोसाइटीमा फिल्ड वर्करको रूपमा काम गर्दै आएका समुदायका सदस्यसँग ११ हजार देखि लाखौँ रुपैयाँसम्म उठाएर ठगी गरेको आरोप गुरुङमाथि लागेको छ।

ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष गुरुङले २०७४ वैशाख १८ गतेका दिन रसुवा धुन्चे, ५ मा रहेको विवेकशील आदर्श इन्भेस्टमेन्ट क.प्रा.ली.नामको हाइड्रोपावरमा शेयर खुलेको भन्दै समुदायका सदस्यसँग नगद उठाएकी हुन्। कम्तीमा एक सय कित्ता किनेमा साँवाको ब्याज जोगिने गरी धेरै फाइदा हुन्छ भनी नगद उठाएका उनले सोधखोज गर्नेलाई आजभोलि भन्दै टार्दै आएका छन्।

तर, आजको मितिसम्म उक्त हाइड्रोपावर कम्पनीको शेयर नपरेको र साँवासमेत फिर्ता नपाएको पीडितहरूले बताए। पटक पटकभेटी छलफल गर्दा पिङ्की गुरुङ भन्ने सञ्जीव गुरुङ र नागरिकतामा सुदिपा गौतम भएको ट्रान्सम्यान सुदिप गौतमसमेतलाई भेटी छलफल गर्दा नागरिकताको फोटोकपी र २ प्रतिफोटो दिनुस् भनी लिएकोमा हालसम्म पनि त्यो नागरिकता र फोटोको प्रयोग दुरुपयोग के भएको छ सो समेतको जानकारी पाएको छैन,पीडितहरूले भने,साँवा ब्याज फिर्ता गर्नुस् भन्दा आज भोलि गर्दै अल्झाएका छन्।

विवेकशील आदर्श इन्भेस्टमेन्ट क.प्रा.लिको शेयर उपलब्ध गराउने भनी विश्वास दिलाई रकम लिएकोमा सो नगरी झुक्क्याई दुःख हैरानी दिने नियतले धोका दिई ठगी गरेकोले कानुन बमोजिम सजाय गरी न्याय पाउन पीडितहरूले माग गरेका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने ब्लु डाइमण्ड सोसाइटीको अध्यक्ष पदमा रहेको व्यक्तिले भनेको ठिक साँचो होला भनी विश्वासमा पारी सो बमोजिमको कार्य नगरी करिब आठ वर्षसम्म रकम नदिएकोले ठगीमा परेको पीडितहरूले बताएका छन्।

उनले समुदायका सदस्यलाई आफ्नो विरुद्धमा बोले माटोमै मिलाइदिने धम्की समेत दिने गरेको गुनासो पीडितहरूले गरेका छन्। उनीहरूले अब आफूहरू प्रहरी समक्ष उजुरी गर्ने तयारीमा रहेको बताए।


प्रकाशित मिति: १९ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?