Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

तनहुँमा दश खानेपानी आयोजना अन्तिम चरणमा


९ चैत्र, पोखरा। गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानअन्तर्गत तनहुँमा खानेपानी आयोजना निर्माण तीव्र रूपमा भइरहेको छ । जिल्लामा निर्माणधीन अवस्थामा रहेका एक सय उनानचालिस आयोजनामध्ये दश आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सरकारको रू एक करोड चौबन्न लाखको लागतमा उक्त आयोजनाको निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका इञ्जिनीयर वामदेव पौडेलले जानकारी दिए । आठ सय ५८ घरधुरीका करिब चार हजार दुई सय ९० जना आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए । पौडेलका अनुसार अधिकांश आयोजना लिफ्टबाट निर्माण गरिएका छन् भने केही ग्राबिटी प्रणालीका आयोजना छन् ।

आयोजनाको काम अन्तिम चरणमा पुगेकाले लामो दूरीबाट पानी बोकेर खानुपर्ने समस्याको अन्त्य हुनुका साथै करेसाबारीमा सिँचाइ समेत गर्न सकिने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । इञ्जिनीयर वामदेव पौडेलले भानु नगरपालिका–१० स्थित चेककोट खानेपानी आयोजनाको लागि रू बीस लाख बजेट विनियोजन भएपछि निर्माण सुरु गरिएको थियो ।

ऋषिङ गाउँपालिका–३ को भीरकोट खानेपानी आयोजनबाट एक सय ६०, ऋषिङ गाउँपालिका–८ को घुर्रा छहरा खानेपानीबाट एक सय ६५, व्यास–९ को सतिश्वारा खोपानीबाट एक सय ५० ,बन्दीपुर–२ को पार्चे खानेपानीबाट सत्तरी घरधुरीका बासिन्दा लाभान्वित हुने छन् ।

त्यसैगरी भानुको भीमसेन खानेपानीबाट ५५, शुक्लागण्डकी–२ को हलेदी पिपलतारा खानेपानीबाट ५४, भानु–५ को पोखरीथोक कोलागैरी खानेपानीबाट ६५, बन्दीपुर–१ को भूँडाटार खानेपानी आयोजनाबाट ९० र भीमाद नगरपालिका–४ गिजनडाँडा खानेपानी आयोजनाबाट १७ घरपरिवार लाभान्वित हुने छन् ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?