काठमाडौं । उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाईना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशन(4th China Xizang Trans -Himalayan Forum for International Cooperation)मा भाग लिन आज अपराहन्न १२ बजे छेन्दु तर्फ प्रस्थान गरेकी हुन् ।
उनले उक्त फोरममा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधीसभाका माननीय सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी छन् । Trans -Himalayan Forum for International Cooperation हिमाली क्षेत्रका यातयात, कृषि तथा औधोगिक क्षेत्रका साझा मुद्दाका बारेमा चाँसो राख्ने फोरमको रुपमा रहेको छ । उपसभामुख राना असार २४ गते स्वदेश फर्कने क्रार्यक्रम छ ।
प्रकाशित मिति: १८ असार २०८१, मंगलवार