काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य दुई सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ कायम छ ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ३०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । तोलामा १७ सय ९० रुपैयाँ तोकिएको चाँदीको मूल्य हिजो पनि यही कायम थियो ।
प्रकाशित मिति: १७ असार २०८१, सोमबार