Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

संस्कृत विश्वविद्यालय सेवा आयोगद्वारा अध्यक्ष र सदस्यको लागि दरखास्त आह्वान


काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।

समितिले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ । समितिले आइतबार सूचना जारी गर्दै इच्छुक योग्य उम्मेदवारले ३० असारसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविष्यप्रति आशा जगाउनका लागि उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीको नियुक्त गर्ने प्रक्रियाको नेतृत्व लिन सक्ने दुरदृष्टि, दृढ, नेतृत्व शैली प्रकट गरी कार्य गर्न सक्ने, रचनात्मक तथा सिर्जनात्मक तथा सञ्चार क्षमतालगायत योग्यता भएको उम्मेदवारको खोजी गरिरहेको सूचनामा उल्लेख छ ।

दरखास्त पेस गर्दा दिएको लिङ्कमा गई अनिवार्य रूपमा अनलाइन दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ।


प्रकाशित मिति: १७ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?