Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

संस्कृत विश्वविद्यालय सेवा आयोगद्वारा अध्यक्ष र सदस्यको लागि दरखास्त आह्वान


काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।

समितिले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ । समितिले आइतबार सूचना जारी गर्दै इच्छुक योग्य उम्मेदवारले ३० असारसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविष्यप्रति आशा जगाउनका लागि उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीको नियुक्त गर्ने प्रक्रियाको नेतृत्व लिन सक्ने दुरदृष्टि, दृढ, नेतृत्व शैली प्रकट गरी कार्य गर्न सक्ने, रचनात्मक तथा सिर्जनात्मक तथा सञ्चार क्षमतालगायत योग्यता भएको उम्मेदवारको खोजी गरिरहेको सूचनामा उल्लेख छ ।

दरखास्त पेस गर्दा दिएको लिङ्कमा गई अनिवार्य रूपमा अनलाइन दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ।


प्रकाशित मिति: १७ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?