९ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार भारी गिरावट भएको सुनको मूल्य बिहीबार पुनः उकालो लागेको हो ।
बुधबार २ हजारले घटेको सुनको मूल्य बिहीबार एक हजार दुई सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँ तथा तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज नेपाली बजारमा चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । बुधबारको तुलनामा आज चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँ वृद्धि हुँदै १२ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार