गुल्मी । गुल्मीमा गएराति परेको वर्षाका कारण मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।
गएराति परेको वर्षाका कारण भेषबहादुर विकको घर पहिरोले पुरिएको हो ।पहिरोमा परेर ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपनाको मृत्यु भएको हो ।
प्रकाशित मिति: १५ असार २०८१, शनिबार