Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विश्व शान्ति स्थापनामा नेपालले पुर्याएको योगदानको अमेरिकामा प्रशंसा


काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्व शान्ति स्थापनाका लागि नेपालले पुर्याएको योगदानको प्रशंसा गरेको छ । राष्ट्रसंघीय शान्ति विभागका प्रमुख एवं उपमहासचिव जीन पियरे ल्याक्रोइक्सले अमेरिकामा जारी चौथो संयुक्त राष्ट्रसंघीय प्रहरी सम्मेलनका क्रममा नेपाली प्रतिनिधिमण्डलसँगको भेट गर्दै विश्व शान्ति स्थापनार्थ नेपालको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन् ।

भेटपछि ट्वीट गर्दै ल्याक्रोइक्सले भनेका छन्, ‘युएन पुलिस समिटमा नेपाली प्रतिनिधिमण्डलसँग उत्कृष्ट छलफल भयो । राष्ट्रसंघीय शान्ति स्थापना र राष्ट्रसंघीय प्रहरीमा नेपालको महत्त्वपूर्ण योगदानका लागि प्रशंसा गर्ने अवसर पाएकोमा आभारी छु ।’

युएनस्थित नेपाल मिसनले पनि उपमहासचिव ल्याक्रोइक्ससँगको भेटमा सहयोग अभिवृद्धिबारे छलफल भएको जनाएको छ । मिसनकाअनुसार नेपाली प्रतिनिधिमण्डलले डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका उपमहासचिव अतुल खरेसँग पनि भेटेको छ । दुबै जनासँगको भेटमा राष्ट्रसंघीय प्रहरीमा सहभागिता तथा शान्ति स्थापनार्थ नेपाल र राष्ट्रसंघबीच सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

गृहसचिव एकनारायण अर्यालको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा जारी युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी छ । सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव अर्यालले राष्ट्रसंघीय प्रहरीमार्फत विश्व शान्ति र सुरक्षामा योगदानका लागि नेपाल निरन्तर प्रतिबद्ध रहेको बताए । उच्चतम प्रविधिको विकाससँगै द्वन्द्वको बढ्दो जटिलताका विषय उजागर गर्दै गृहसचिव अर्यालले द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई जोड दिएका थिए ।

राष्ट्रसंघीय प्रहरी सम्मेलनमा भाग लिन गृहसचिव अर्यालको नेतृत्वमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल, नेपाल प्रहरीका प्रवक्ता डिआईजी दानबहादुर कार्की र सशस्त्रका एसएसपी १० असारमा अमेरिका प्रस्थान गरेका थिए ।


प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?