Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

वडा नं. ६ बौद्धमा वडाअध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता : २८ समूहबिच प्रतिस्पर्धा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ६ ले असार १२ गतेदेखि वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ । सिद्घार्थ युनाइटेड र टिम ब्राइड होपका बिच उद्घाटन खेल भएको थियो । यसमा टीम ब्राइटले पेनाल्टीमा १ गोल गरेर सिद्धार्थ युनाइटेडलाई पराजित गरेको छ ।

१५ गतेसम्म चल्ने खेलमा २८ समूह बिच प्रतिस्पर्धा भइरहेको छ । यो दोस्रो श्रृङ्खला हो । खेल उद्घाटन भएको दिन ८ वटा समूहका बिच प्रतिस्पर्धा भएको छ । उद्घाटन सत्रमा बोल्दै व्यवस्थापिका संसद, अर्थ समितिका सभापति सन्तोष चालिसेले, खेलकुदले युवाहरुको शक्तिलाई राष्ट्रिय पहिचान प्रवर्धनमा रुपान्तरण गर्ने बताउनुभयो । यसका लागि स्थानीयले अगाडि सारेका कार्यक्रममा प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

निष्क्रियताउन्मुख सहरी जीवनशैलीलाई सक्रिय बनाउन र खेलबाट स्वस्थ्य जीवनको प्रवर्धन गर्न प्रतिस्पर्धा आयोजना गरिएको र यस्ता कार्यक्रम नियमित सञ्चालन हुने वडाध्यक्ष भुवन लामाले जानकारी दिनुभयो । स्थानीय स्तरका प्रतिस्पर्धाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान हुन्छ । यसकारण स्थानीय खेलहरुलाई महत्व दिनु पर्छ । लामाको जोड छ ।

वडा सदस्य नरेन्द्र कुमार थापा (भगवान) ले, फुटबल खेलले निराश युवाहरुलाई सकारात्मक सोच निर्माणमा सहयोग गरेको उल्लेख गर्नुभयो ।समाजको सन्तुलित एवं सर्वाङ्गीण विकासका लागि समावेशी र समतामूलक खेलका कार्यक्रममा आयोजना गर्ने कार्यक्रम रहेको बताउँदै वडा सचिव कमल गौत्तमले, खेलकुद बिना विकासको अध्याय अपूर्ण हुने धारणा राख्नुभयो । कार्यक्रमको संयोजन टुसाल युवा क्लब गरेको छ ।


प्रकाशित मिति: १३ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?