Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

वडा नं. ६ बौद्धमा वडाअध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिता : २८ समूहबिच प्रतिस्पर्धा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ६ ले असार १२ गतेदेखि वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु गरेको छ । सिद्घार्थ युनाइटेड र टिम ब्राइड होपका बिच उद्घाटन खेल भएको थियो । यसमा टीम ब्राइटले पेनाल्टीमा १ गोल गरेर सिद्धार्थ युनाइटेडलाई पराजित गरेको छ ।

१५ गतेसम्म चल्ने खेलमा २८ समूह बिच प्रतिस्पर्धा भइरहेको छ । यो दोस्रो श्रृङ्खला हो । खेल उद्घाटन भएको दिन ८ वटा समूहका बिच प्रतिस्पर्धा भएको छ । उद्घाटन सत्रमा बोल्दै व्यवस्थापिका संसद, अर्थ समितिका सभापति सन्तोष चालिसेले, खेलकुदले युवाहरुको शक्तिलाई राष्ट्रिय पहिचान प्रवर्धनमा रुपान्तरण गर्ने बताउनुभयो । यसका लागि स्थानीयले अगाडि सारेका कार्यक्रममा प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

निष्क्रियताउन्मुख सहरी जीवनशैलीलाई सक्रिय बनाउन र खेलबाट स्वस्थ्य जीवनको प्रवर्धन गर्न प्रतिस्पर्धा आयोजना गरिएको र यस्ता कार्यक्रम नियमित सञ्चालन हुने वडाध्यक्ष भुवन लामाले जानकारी दिनुभयो । स्थानीय स्तरका प्रतिस्पर्धाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान हुन्छ । यसकारण स्थानीय खेलहरुलाई महत्व दिनु पर्छ । लामाको जोड छ ।

वडा सदस्य नरेन्द्र कुमार थापा (भगवान) ले, फुटबल खेलले निराश युवाहरुलाई सकारात्मक सोच निर्माणमा सहयोग गरेको उल्लेख गर्नुभयो ।समाजको सन्तुलित एवं सर्वाङ्गीण विकासका लागि समावेशी र समतामूलक खेलका कार्यक्रममा आयोजना गर्ने कार्यक्रम रहेको बताउँदै वडा सचिव कमल गौत्तमले, खेलकुद बिना विकासको अध्याय अपूर्ण हुने धारणा राख्नुभयो । कार्यक्रमको संयोजन टुसाल युवा क्लब गरेको छ ।


प्रकाशित मिति: १३ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?