Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

काठमाडौँ महानगरपालिकाले थाल्यो, डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान


काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले थाल्यो, डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन् । अभियानमा यस सम्बन्धी सचेतना बढाउने गरिएको छ ।

कार्यक्रमका फोकल पर्सन ऋषि भुषालका अनुसार, यस अभियानमा ६४ जना स्वास्थ्यकर्मी र सबै (५५८ जना) महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ । सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका हुन् ।
रोगको लक्षण देखिएका विरामीहरुको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको भुषालले जानकारी दिनुभयो ।

आकाशे पानी पर्ने मौसम सुरु भएको छ । यसरी परेको पानी सडक र सडक किनाराका खाल्टाखुल्टीमा जम्मा हुन्छ । यस्तै पानीमा लामुखट्टेको संख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखिएको छ ।

लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको गरिएको छ । यो जैविक औषधि हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया) जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

महानगरपालिकाले सञ्चालन गरेको अभियान समुदायिक सचेतनाका लागि हो । डेङ्गीबाट बच्न महानगरपालिकाजत्तिकै महानगरबासी हरेकको समान दायित्व छ । यसका लागि हरेक व्यक्तिले घर तथा आसपासमा पानी जम्न नदिने, पानी जम्ने ठाउँ पुर्ने, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको नियमित सरसफाइ गर्नुपर्छ । सरीर ढाकिने कपडा लगाउनु पर्छ ।

डेङ्गीका लक्षण
एक्कासी उच्च ज्वरो आउनु डेङ्गीको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सरीरमा विमिरा आउने हुन सक्छ । हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने पनि हुन सक्छ । लगातार वान्ता हुनु, वान्तामा रगत देखा पर्नु, धेरै पेट दुख्नु, सास फेर्न गाह्रो हुनु, गिजाबाट रगत बग्नु, बेहोस हुनु डेङ्गीको जटिल अवस्थाका लक्षण हुन् ।


प्रकाशित मिति: १३ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?