Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

भारतीय गायन सोनु निगमको घरबाट ७२ लाख चोरी


९ चैत्र, एजेन्सी। भारतीय गायक सोनु निगमको घरबाट मोटो रकम चोरी भएको छ । उनको घरबाट ७२ लाख चोरी भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यस घटनामा उनका पुर्व ड्राइभर अगम कुमारको संलग्नता भएको प्रहरीको अनुमान छ । सोही आरोपमा उनलाई गिरफ्तार गरेर अनुसन्धान समेत सुरू गरिएको छ ।

सोनुकी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिए पछि यो घटना सार्वजनिक भएको हो । अगमकुमारले सोनु निगमको चालकको रूपमा ८ महिना काम गरेका थिए । राम्रो काम नगरेको भन्दै उनलाई कामबाट बिदा गरिएको थियो ।

निगमको डिजिटल लकरबाट एक दिन ४० लाख र अर्को दिन ३२ लाख हराएको प्रहरी  उजुरीमा उल्लेख छ । प्रहरीले सिसिटिभी फुटेज परीक्षण गर्दा अगमकुमारले दुवै पटक ठूलो झोलासहित निस्किएको देखिएको छ ।

त्यस्तै, अगमकुमारले रकम चोरी गरेको प्रहरीसमक्ष स्विकारेको बिबिसी हिन्दीमा उल्लेख छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?