Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भारतीय गायन सोनु निगमको घरबाट ७२ लाख चोरी


९ चैत्र, एजेन्सी। भारतीय गायक सोनु निगमको घरबाट मोटो रकम चोरी भएको छ । उनको घरबाट ७२ लाख चोरी भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

यस घटनामा उनका पुर्व ड्राइभर अगम कुमारको संलग्नता भएको प्रहरीको अनुमान छ । सोही आरोपमा उनलाई गिरफ्तार गरेर अनुसन्धान समेत सुरू गरिएको छ ।

सोनुकी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिए पछि यो घटना सार्वजनिक भएको हो । अगमकुमारले सोनु निगमको चालकको रूपमा ८ महिना काम गरेका थिए । राम्रो काम नगरेको भन्दै उनलाई कामबाट बिदा गरिएको थियो ।

निगमको डिजिटल लकरबाट एक दिन ४० लाख र अर्को दिन ३२ लाख हराएको प्रहरी  उजुरीमा उल्लेख छ । प्रहरीले सिसिटिभी फुटेज परीक्षण गर्दा अगमकुमारले दुवै पटक ठूलो झोलासहित निस्किएको देखिएको छ ।

त्यस्तै, अगमकुमारले रकम चोरी गरेको प्रहरीसमक्ष स्विकारेको बिबिसी हिन्दीमा उल्लेख छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?