Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

रेडियोधर्मी विकिरणको प्रयोग र सुरक्षासम्बन्धी निरिक्षकको १ महिने तालीम सम्पन्न


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी निरीक्षकको १ महिने तालीम सम्पन्न गरेको छ। मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले यस्तो तालिम आयोजना गरेको मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने सचिव विश्वबाबु पुडासैनीले बताए ।

तालीममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग बाट १ जना र नेपाल गुणस्तर तथा नापतौल विभागबाट १ जना गरी जम्मा ९ जना प्रशिक्षार्थी रहेका थिए । मन्त्रालय, भौतिकशास्त्र केन्द्रीय विभाग, रसायन शास्त्र केन्द्रीय विभाग, वीर हस्पिटल, सिभिल हस्पिटल, भक्तपुर क्यान्सर हस्पिटल, नेपाल प्रहरी अस्पताल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान लगायतका निकायबाट प्रशिक्षकहरूको सहभागिता थियो ।

मन्त्रालयले “Training Module: Training for Radiation Inspector Working in Regulatory Body” तयार गरी रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन बमोजिम नियमनकारी निकायको काम गर्दै आएको छ। सोही ऐन अन्तर्गत बनेको नियमावलीमा विकिरण निरीक्षकको व्यवस्था छ। परमाणु विज्ञान वा परमाणु ईञ्जिनियरिङ्गमा स्नातक तह उत्तीर्ण गरेको, आयोनिकरण गर्ने विकिरणको प्रयोग, संरक्षण तथा सुरक्षा सम्बन्धमा नियमनकारी निकायले निर्धारण गरे बमोजिमको कम्तीमा एक महिनाको तालीम प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।

मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी १ महिने तालीम सफलतापूर्वक सम्पन्न गरेकोमा मन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ। ‘रेडियोधर्मी पदार्थसँग सम्बन्धित अभ्यास, क्रियाकलाप र संयन्त्रको नियमनमा प्रशिक्षकहरूले भूमिका खेल्नुहोला। यस वर्षको विज्ञान तर्फको एउटा माइलस्टोनमा रहेको यो कार्यक्रम सम्पन्न भएकोमा खुशी छु।’ – मन्त्री श्रेष्ठले भनिन। शिक्षातर्फमात्र होइन विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि पनि मन्त्रालय उत्तिकै जिम्मेवारीका साथ काम गरिरहेको मन्त्री श्रेष्ठको भनाइ थियो।


प्रकाशित मिति: १२ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?