वीरगन्ज । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनगढीमाइ होटेल एण्ड लजमा बिहान साढे ९ बजे एक महिलासँग होटेल प्रवेश गरेका मृतक सोमबार बिहान मात्रै मलेसियाबाट नेपाल घर (सिरहा) फर्केका थिए । आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको छ।
सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले भने, ‘बिहान साढे ९ बजेदेखि होटेल प्रवेश गरेको देखिएको छ । त्यसपछि करिब अढाइ बजेतिर श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केको देखिन्छ । उनी बाहिर गइसकेको झन्डै २ घण्टासम्म नफर्केपछि होटलवाला साँझ रुममा गए, जहाँ कामत मृतक अवस्थामा भेटिएका थिए ।
घटना पछि होटल संचालकले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटना स्थलमा पुगेको प्रहरीको टोलीले मृतकलाई बान्ता गरेको तथा उत्तानो अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार होटेलमा २ वटा प्रयोग भएको कन्डमसमेत भेटिएको छ, जहाँ मृतकले अत्यधिक बान्ता गरेका थिए ।
प्रहरीका अनुसार ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिएका छन् ।मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११ असार २०८१, मंगलवार