काठमाडौं। ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरीको मृत्यु भएको छ ।
कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा असार ८ गते अरिंगालले टोकेको चौधरीलाई उनका दाइ हरिनारायणले उपचारका लागि काठमाडौंको मोडल अस्पताल पुर्याएका थिए ।
उपचारकै क्रममा आज मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: ११ असार २०८१, मंगलवार