Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अरिंगालले टोक्दा १ जनाको मृत्यु


काठमाडौं। ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरीको मृत्यु भएको छ ।

कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा असार ८ गते अरिंगालले टोकेको चौधरीलाई उनका दाइ हरिनारायणले उपचारका लागि काठमाडौंको मोडल अस्पताल पुर्‍याएका थिए ।

उपचारकै क्रममा आज मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।


प्रकाशित मिति: ११ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?