Trending
>>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मृत अवस्थामा फेला


काठमाडौं ।सिराहा, धनगढिमाई नगरपालिका-१० धनगढी बजारस्थित धनगढीमाई होटल एण्ड गेष्ट हाउसको कोठामा सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय प्रमोद कामैत सोमबार मृत अवस्थामा फेला परेका छन् । उनीसँगै कोठामा बसेकी अपरिचित महिला तत्काल फरार रहेको बताइएको छ ।

मोरङ, सुनवर्षी नगरपालिका-२ खत्वे टोल बस्ने ७० वर्षीय पुनलाल राजवंशी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ बसपार्कस्थित प्रतीक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, देवदह नगरपालिका-४ सेमरनास्थित खेतको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ११ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?