काठमाडौं ।सिराहा, धनगढिमाई नगरपालिका-१० धनगढी बजारस्थित धनगढीमाई होटल एण्ड गेष्ट हाउसको कोठामा सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय प्रमोद कामैत सोमबार मृत अवस्थामा फेला परेका छन् । उनीसँगै कोठामा बसेकी अपरिचित महिला तत्काल फरार रहेको बताइएको छ ।
मोरङ, सुनवर्षी नगरपालिका-२ खत्वे टोल बस्ने ७० वर्षीय पुनलाल राजवंशी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ बसपार्कस्थित प्रतीक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, देवदह नगरपालिका-४ सेमरनास्थित खेतको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ११ असार २०८१, मंगलवार