Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

लागूऔषधसहित चार जना पक्राउ


काठमाडौं । झापा, गौरिगञ्ज गाउँपालिका-१ कुञ्जिबारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्रामसहित सकमल गाउँपालिका-१ बस्ने ३० वर्षीय उद्धव भट्टराईसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दिया, बारबर्दिया नगरपालिका-३ लक्ष्मणपुरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १० ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ९ सय ६० रूपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उमेश खत्री र उनकै श्रीमती २५ वर्षीया अनिता खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त प्रहरीले खत्रीको घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ११ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?