Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

विभागहरुले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आर्थिक बर्ष २०८१/८२ का लागि विभागहरुले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल भइरहेको छ । विभागले विषयगत समितिमा छलफल गरेर छलफलका लागि बजेट तथा कार्यक्रम पेश गरेका हुन् ।

विहीबारको बैठकमा विषयगत समितिका संयोजकहरु हुनुहुन्थ्यो । प्रस्तावमाथि सबै वडाध्यक्षको पृष्ठपोषण लिनका लागि आज सबै वडाध्यक्षहरुलाई छलफलमा आमन्त्रण गरिएको, समितिका संयोजक डंगोलले जानकारी दिनुभयो ।

हिजो प्रशासन विभाग, कृषि तथा पशुपन्छी विभाग, सूचना प्रविधि, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ, हनुमान ढोका दरबार संरक्षण कार्यक्रमसहितका विभागका प्रस्तावमाथि छलफल भयो । आज सहरी योजना आयोग, सामाजिक विकास विभाग, सार्वजनिक निर्माण विभागसहित विभाग, आयोजना तथा सचिवालयका प्रस्तावमाथि छलफल हुनेछ ।

नगर सभाको १५ औँ अधिवेशनअन्तर्गत सभामा नीति पेश भइसकेको छ । अधिवेशनको अर्को बैठक असार १० गते बस्ने कार्यक्रम छ । बैठकमा आर्थिक तथा विनियोजन विधेयकहरु पेश हुनेछन् ।


प्रकाशित मिति: ९ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?