Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

उपत्यकाका यी क्षेत्रमा आज हुनेछैन बत्ती !


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने भएको छ ।प्राधिकरणले एक सूचना जारी गरी मर्स्याङ्दी काठमाडौं २२० के.भी. प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातिर्थ २२० के.भी.को नयाँ कन्ट्रोल रूममा जडित सबस्टेसन अटोमेसन सिस्टमको पुरानो मातातीर्थ १३२/३३/११ के.भी. सबस्टेसन भित्रका ११ केभी इन्कमर र लाइन फिडरहरू सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने जानकारी गराएको छ।

प्राधिकरणका अनुसार आज ११ के.भी. इन्कमर अन्तर्गत मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ, फिर्पिङ फिडरका स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ ।यस्तै, आइतबार ११ के.भी. मातातीर्थ, सतुङ्गल, मच्छेगाउँ र फर्पिङ फिडर अन्तर्गतका क्षेत्रमा विभिन्न समयमा २ घण्टा बत्ती जाने प्राधिकरणले जनाएको छ ।


प्रकाशित मिति: ८ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?