Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

याेग किन गर्ने?


पछिल्लाे समय अस्वस्थकर खानपान (जाँड रक्सी सेवन, चुरोट, खैनीको कुलत) निष्क्रिय जीवनशैली (शारीरिक व्यायामको कमी) जस्ता कारण दीर्घ र नसर्ने रोगको सामना गरिरहनु परेको छ । आनन्दमय जीवन जिउने कलाका लागि यौगिक परामर्श, कर्म फल विनाको सेवा, आसन, प्राणायाम, ध्यान, स्वस्थ्यकर भोजन, तनाव व्यवस्थापन क्रियाकलाप बढाउन आवश्यक छ ।

योग प्रशिक्षक डा. बिनोद घिमिरेका अनुसार जीवनशैलीका कारण सिर्जना हुने मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपना जस्ता रोग निवारणका लागि योग लाभदायक हुने प्रमाणित भएको छ । उहाँ थप्दै भन्नुहुन्छ, ‘योग गरेर अन्य औषधि छुटाउँछु भन्नु र योगको कुनै लाभ छैन भन्नु दुवै अनभित्रता हुन् ।’

योगलाई विधिपूर्वक गर्नु पर्छ । जसले पनि योग गर्न मिल्छ, भन्नु हुँदैन । उहाँले सुझाव दिँदै भन्नुभयो, ‘व्यक्तिमा भएको शारीरिक तथा मानसिक अवस्थाको परीक्षण गरेर त्यसअनुरुप योग गराउनु पर्छ । लााभ हुन्छ ।’योग प्रशिक्षक डा. सुमन विष्टका अनुसार योग चिकित्सामा सरीर तथा मनका विभिन्न अभ्यास गरिन्छ । यसबाट विश्रामको गहिरो अवस्था पुग्न सकिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनकाअनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र होइन । स्वस्थ्य हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्छ । यो सबैको प्राप्ति योगबाट सम्भव छ । योगले कुन अवस्थामा कसरी काम गर्छ भन्ने कुरा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास चाहिन्छ । योग चिकित्साको अवधारणा, मधुमेह, मोटोपन, मुटु रोग, उच्च रक्तचाप, श्वासप्रश्वास र तनाव व्यवस्थापनमा कुन उपयोगी योगका विषयमा सिकाइनेछ ।


प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?