Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

खेलकुद विश्व विद्यालयको स्थापना गरिनुपर्छ : नेता महर


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विश्व विद्यालय स्थापना हुनुपर्ने धारणा राखेका छन्। नेपाल विद्यार्थी संघ काठमाडौं समितिले मूलपानी मैदानमा आयोजना गरेको बागमती प्रदेश स्तरीय जय नेपाल कप क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेता महरले खेलकुद विश्व विद्यालयको स्थापना गरेमात्रै अपेक्षित रूपमा खेल क्षेत्रको विकास हुने धारणा व्यक्त गरे।

‘नेपालको क्रिकेटमा लगानी कम छ। हामीसँग सुविधा सम्पन्न खेल मैदान र पर्याप्त पूर्वाधारको अभाव छ। यस्तो अवस्थामा हामीले खेलकुद विश्व विद्यालय स्थापना गर्नुपर्छ। मैले यो माग धेरै पहिलेदेखि नै उठाउँदै आएको हुँ। तर, सरकारले सुनुवाइ नै गर्दैन,’ उनले भने। क्रिकेट रंगशाला र भौतिक पूर्वाधारमा छुट्याइएको बजे पनि पर्याप्त नरहेको भन्दै महरले असन्तुष्टि व्यक्त गरे।

बजेट अपर्याप्त रहेको र छुट्याइएको बजेटको पनि सही कार्यान्वयन भए नभएकोमा सरकार नै अनविज्ञ रहेको उनले टिप्पणी गरे। खेल क्षेत्रमा छुट्याइएको बजेटको सही सदुपयोगसमेत हुन नसकेको महरको टिप्पणी छ।

‘खेलका माध्यमबाट देशको नाम खेलाडीले विश्वमा रोशन गरिरहेका हुन्छन्। सरकारले उनीहरूको सेवा सुविधादेखि खेल मैदान र पूर्वाधारसम्ममा ध्यान दिनुपर्छ। तर, सरकारले आफूले छुट्याएको बजेटको सही सदुपयोग वा दुरुपयोग के भयो भन्नेसम्म लेखाजोखा राख्न सकेको छैन। यो खेलाडी र खेल प्रेमीहरूका लागि दुर्भाग्यको कुरा हो,’ उनले भने।

क्रिकेटमा एक रन, एक बल र एक पलको नि उत्तिकै महत्त्व हुने भएकाले यसमा सरोकारवाला सबै गम्भीर बन्नुपर्ने उनको धारणा थियो।कांग्रेस सरकारकै नेतृत्वमा खेलकुद मन्त्रालयको स्थापना भएकाले आफ्नो पार्टी सधैँ खेलाडीको पक्षमा रहेको उनको भनाइ छ। आगामी दिनमा पनि कांग्रेसले खेलाडीको हित र खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर काम गर्ने उनले बताए।


प्रकाशित मिति: ६ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?