Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

२ सय ७० किलोग्राम गाँजासहित एक जना पक्राउ


बारा । जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा २ सय ७० किलोग्रामसहित भारत रामगढवा ग्राम धनारदिउली बस्ने १९ वर्षीय अन्तोस कुमार गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एन ३०६३ नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकको क्याबिनमा बनाएको फल्स बट्मभित्र २७ वटा प्याकेटमा लुकाई छिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकचालक उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ५ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?