Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

बजेटको मुखमा सूर्यविनायक नगर प्रमुखलाई काँग्रेसको १४ बुँदे ध्यानाकर्षण पत्र


सन्जिब दुलाल, भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य। सहकारीलगायतका १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाएपछि नगर समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस सूर्यविनायक नगर सभापति निशान ढुङ्गेलले नगरले गरेका राम्रा कामको प्रशंसा गर्दै नगरलाई व्यवस्थित गर्न र नगरवासीको सहज र सरल तरिकाले सेवा सुविधा प्राप्त गर्न पाउने अधिकारलाई ध्यानमा राखी केही विषयमा नगरप्रमुखको ध्यानाकर्षण गरेको बताउनुभयो ।

नग सभापति ढुङ्गेलले भू–वर्गीकरण नीति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर सँगको सहकार्यमा नगरवासीलाई निःशुल्क रक्त उपलब्धताको व्यवस्था, निःशुल्क शववहान सेवा, हनुमन्ते कोरिडोरमा नक्सा पासको व्यवस्था नगर क्षेत्रको विद्यालयहरूमा प्रतिस्पर्धाद्वारा प्रधानाध्यापकको छनौट, शिव सर्किट निर्माण, लाँकुरी भञ्याङ्ग देखि साँगा सम्म पर्यटन मार्ग घोषण, मेलम्चीको पानीलाई सूर्यविनायक नगरपालिकाका थप वडाहरूमा उपलब्ध गराउने प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

तर दिगो विकासको सवालमा नगरपालिका चुकेको उहाँले आरोप लगाउनुभयो । विकासका नाममा कतिपय सडकहरू ढल नबिच्छ्याई कालोपत्रे गरिएको बताउँदै ढुङ्गेलले ती हेर्दा विकास भए पनि अन्ततः नीतिगत भ्रष्टाचार भएको टिप्पणी गर्नुभयो ।“राज्यको करोडौँ लगानी गरेर गरिएको कालोपत्रे केही महिनामा ढल बिछ्याउने नाममा भत्काउनु पर्ने भएपछि कसरी विकास मान्ने ? त्यो त नीतिगत भ्रष्टाचार भएन र ?,” उहाँले प्रश्न गर्नुभयो ।


प्रकाशित मिति: ५ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?