Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ


काठमाडौँ । ६० केजी सुन तस्करी प्रकरणमा थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेका छन् । यस संगै ६० केजी सुन तस्कारी प्रकरणमा पक्राउ पर्ने को संख्या २० पुगेको छ।

न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएका उनीहरु लाइ भारत बाट पक्राउ गरेर काठमाडौँमा ल्याएको प्रहरीले जनाएको छ ।यसअघि पनि तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना पक्राउ परेका थिए ।

अहिलेसम्म पक्राउ पर्नेहरूमा सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, धिरज दिनेश वैटे ‘दिनेश’,प्रशान्त गणेश वजवलकार,सुरेन्द्रमान श्रेष्ठ, राजु खत्री,बैजनाथ ब्रम्हादत्त गोयल, राजु थापा भन्ने प्रेमनाथ सेढाईं,कान्छा लामा ( थर्कमान लामा ), कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु , भीम प्रसाद तिमल्सिना,प्रज्वल आचार्य, सुरज सम्शेर जबरा,फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशील ज्याकिबन्जा, कश्यप मानन्धर, लाल बहादुर कुँवर, अरुण कुमार यादव, सोनाम गुरुङ ,रूपक भण्डारी मनोज श्रेष्ठ रहेका छन्


प्रकाशित मिति: ५ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?