Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अवैध लागूऔषधसहित ६ जना पक्राउ


काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ६० ट्याब्लेटसहित रौतहट सिमरा भवानिपुर नगरपालिका-९ बस्ने २४ वर्षीय अरूण कुमार चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले रौतहट गौरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ख २९६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका-११ डुम्रीखाडीबाट अवैध लागूऔषध गाँजा ४ किलो ९ सय ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-११ बस्ने २४ वर्षीय मनोज गुरूङ र नवलपरासी गैंडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय सुशील पुन रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले थाकलटारबाट भण्डारातर्फ जाँदै गरेको ना. ५९ प ९९०८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाइन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित बैजनाथ गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रदिप कुमार बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.५ प ४५५३ नम्बरको स्कुटरमा सवार उनलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ४० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-६ बस्ने २४ वर्षीय शिसिर भण्डारी र २० वर्षीय निरज थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ४ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?