Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न


काठमाडौं । नगरपालिका-१ पुरानो दरबारमा घरेलु हिंसा तथा लैंगिक हिंसा न्यूनिकरण एवम् सामाजिक संजालको दुरूपयोग लगायतका विषयमा सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना र प्रहरी वृत्त कीर्तिपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसा र विद्युतीय अपराधलाई निर्मुल पार्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । प्रविधि र ईन्टरनेटको माध्यमबाट हुने विद्युतीय अपराध हुन नदिन समयमै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नयाव उपरीक्षक भुवनेश्‍वर प्रसाद साहले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा अधिवक्ता राधिका खतिवडाले साइवर अपराध सम्बन्धि कानूनी प्रावधानहरू बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा घरेलु हिंसा न्यूनिकरण सम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी ‘मोबाइल क्राइम’ नामक नाटक प्रदर्शनीको साथै सामूहिक सहचारी नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ४ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?