Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कप सम्पन्न


काठमाडौं । पावर एट्टी वनको आयोजनामा दोश्रो खशी कपक एट बल पुल प्रतियोगिता ललितपुरमा सम्मपन्न भएको छ । संस्थाका अध्यक्ष मोदनाथ सिँखडाले आयोजना भएको सो प्रतियोगितामा फुरी सेर्पाले जित हात पारेका छन । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जजनले उद्घाटन गरेको सो प्रतियोगितामा करिब सयजना भन्दा बढी स्थानिय खेलाडिहरुले भाग लिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले यस प्रकारका खेलले युवाहरुलाई थप खेल प्रति आकर्षित हुन ठूलो मद्दत मिल्ने बताए ।साथै उनले ललितपुर महानगरपालिकाले यस पावर एट्टी वनले आयोजना गर्ने यस प्रकारका कार्यक्रमहरुलाई आगामीदिनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । त्यसैगरी प्रतियोगिता आयोजना गर्दै आएका मोदनाथ सिँमखडाले यस प्रतियोगिताले पुल खेल तथा खेलाडिलाई अगाडि बढन थप मद्दत गर्ने उद्देश्यले आफुले हरेक महिना यो प्रतियोगिता गर्ने बताएका छन ।

उनले भने अरुले प्रतियोगितामा नगद दिनुहुन्छ तर मैले कृषि क्षेत्रलाई अगाडी बढाउन विजेतालाई खसी पुरस्कार दिने गरेको छु ।साथै यस प्रतियोगिताबाट सामाजिक कार्यको लागि समेत सहयोग गर्दै आएको छु । विजेता फुरी शेर्पाले नेपालमै दोश्रा पटक एट बल पुल प्रतियोगिता खशी जितेकोमा आफु निकै खुशी भएको बताए ।


प्रकाशित मिति: ४ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?