Trending
>>   चुरोट छाड्न सकिरहनु भएको छैन ? यस्ता छन् घुम्रपानले निम्त्याउने समस्याहरु >>   प्रेम सम्बन्ध भएको समयमा खिचिएका अश्लिल भिडियोहरू पठाएको आरोपमा दुई जना पक्राउ >>   न्याय परिषद् सदस्यमा प्रश्तावित खड्का बिरुद्ध उजुरी आह्वान >>   ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइन : प्रमुख घिमिरे >>   पक्षघात उपचारका लागि महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको निर्णय >>   ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन >>   ९८ प्रतिशत नागरिकलाई आधारभुत खानेपानीको पहुँचमा पुर्याईसक्यौं : मन्त्री यादव >>   चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छः कुलमान घिसिङ >>   गायिका मेलिना राई विवाह बन्धनमा बाँधिदै ! >>   न्याय मरेको छैन भन्थे हो रहेछ !
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता


वर्लिन, (जर्मनी ) । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनअवस्थित राष्ट्रपति भावनमा सोमबार भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनी आउनुभएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच वर्लिनमा आज भेटवार्ता भएको हो । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी आउनुभएको हो ।

सो भेटवार्तका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्दै सोसीयलिष्ट इन्टरनेशनल तथा प्रोग्रेसीभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्छ भन्ने आफूलाई लागेको बताउनुभएको थियो । “ दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लिन रहेको छ, नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दछु, नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा हामी विश्वस्त छौ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपालले हासिल गरेको राजनीतिक उपलब्धिलाई स्थायित्व दिन आर्थिक विकास गर्नु जरुरी रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदाय र जर्मनी लगायतका मित्रराष्ट्रले नेपाललाई प्रदान गरिरहेको सहयोगलाई निरन्तरता दिई नेपालको आर्थिक विकासको आकांक्षा पूरा गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले त्यसैगरी विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुँध्न जर्मनीले लस एण्ड डयामेज फण्डमा गरेको सहयोग प्रतिवद्धतालाई स्वागत गर्न चाहेको पनि बताउनुभएको थियो पौडेलले सहभागितामूलक र समावेशी लोकतन्त्र, मानव अधिकार, मौलिक अधिकार, लैंगिक समानता, जलवायु परिवर्तन जस्ता धेरै सामाजिक–आर्थिक मुद्दाहरुमा दुई देशबीच अन्तरराष्ट्रिय मञ्चहरुमा समान धारणा रहेको पनि बताउनुभएको थियो ।

नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयासरत रहेको र यसलाई समस्यारहित, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले यसको लागि हामीलाई स्रोत, साधन, प्रविधि, लगानी तथा आर्थिक सहकार्यको आवश्यकता रहेको बताउनुभएको पनि पोखरेलले जानकारी दिनुभयो । नेपालको वर्तमान लक्ष्य कृषिलाई आधुनिकीकरण गर्नु, जलश्रोत तथा उर्जा क्षेत्रमा रहेको विशाल संभावनालाई उपयोग गर्नु, पूर्वाधार विकासलाई तीब्र पार्नु, पर्यटनका संभावनालाई उपयोग गर्नु र जलवायु परिवर्तनको नकारात्मक प्रभाव विरुद्ध लड्नु रहेको उहाँले बताउनुभएको थियो । “ नेपालको आर्थिक विकासको लागि कृषि क्रान्ति, जलस्रोत र पर्यटनको विकास आवश्यक छ, यसमा नेपालले सहयोगको अपेक्षा गरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले वर्लिनको पर्खाल भत्कनु र नेपालमा प्रजातन्त्र पुनस्थापना हुनु एकैपटक परेको उल्लेख गर्दै आफूले त्यसबेला स्थानीय विकास मन्त्रीको रुपमा जर्मनको भ्रमण गरेको स्मरण गर्नुभएको थियो । उहाँले युक्रेनमा झुक्याएर पुरयाइएका नेपालीहरुलाई छुटाउन पहलको लागि पनि आग्रह गर्नुभएको थियो । नेपाल र जर्मनीबीच विद्यमान व्यापार, लगानी र वाणिज्यका सम्बन्धहरुलाई थप विस्तार गर्न निजी क्षेत्रलाई अभिप्रेरित गर्नु जरुरी रहेको छ भन्दै उहाँले गत महिना काठमाण्डौंमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा जर्मन लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्नुभयो । “ नेपाल सरकार जर्मन लगानीकर्ताहरुलाई नेपालमा स्वागत गर्न चाहन्छ”, राष्ट्रपति पौडेलले भन्नुभएको थियो ।


प्रकाशित मिति: ४ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?