काठमाडौँ। पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।
सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको हुदा अहिले पहिरो पन्छाउने काम जारी रहेको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।
प्रकाशित मिति: ३ असार २०८१, सोमबार