Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

श्रीमान श्रीमतीबीच झगडा भइरहन्छ ?सुमधुर सम्बन्धका लागि अपनाउनुहोस यी उपाएहरु


काठमाडौं । श्रीमान श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु चाहीँ चिन्ताजनक मानिन्छ । कोहि सामान्य विवादलाई सुल्झ्याउछन् भने कसैले त्यसै विषयलाई ठुलो बनाएर वैवाहिक सम्बन्ध नै धरापमा पर्ने हुन्छ । हरेक वैवाहिक दम्पतीले आफ्नो जीवनलाई समुधुर बनाई राख्न धेरै कुराहरुको ख्याल राख्नु पर्ने हुन्छ । दम्पतीले आफ्नो वैवाहिक सम्बन्धलाई सधै समुधुर बनाउन थुप्रै कुराहरुमा ख्याल गर्नु पर्दछ । श्रीमान श्रीमतीमा हुने मनमुटाव, ठाकठुकलाई समयमै समाधान गर्नुपर्छ ।

यदि श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ ।

– बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले पार्टनरबिच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । उत्तर पूर्व र दक्षिण पूर्ण दिशामा रहेको कोठालाई कुनै पनि हालतमा बेडरुम बनाउनु हुँदैन ।

– विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको देखाएर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा निन्द्रा र रक्त संचारमा बाधा नपुर्याईसजिलै शरिरमा प्रवेश गर्दछ ।

– वास्तुका अनुसार बेडरुममा ऐना बेडको ठिक अगाडि नराख्नुहोस् ता कि सुत्नेबेला कसैको प्रतिबिम्ब ऐनामा नदेखियोस् ।

– विवाहित जोडी सुत्ने बेड कहिले पनि मेटल र फलामको हुनुहुँदैन । जोडीबिचको तनाव कम गर्न काठको बेड प्रयोग गर्नुहोस् । बेड नियमित आकारको हुन आवश्यक छ ।

– बेडरुममा सधैं हल्का रङको प्रयोग गर्नुहोस् जस्तै हल्का निलो, हल्का हरियो, गुलाबी ।

–श्रीमती जहिले पनि बायाँ साइडमा सुत्नुपर्छ भने श्रीमान् भने दायाँ पट्टी सुत्नुपर्छ । यसले दुईजनाबिच निकै सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्दछ ।

– डबल बेडमा एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस् । विवाहित जोडीले डबल म्याट्रेस प्रयोग गर्नबाट जोगिनुपर्छ । यसले विवाहित जोडिमा सकारात्मकता फैलाउन सहयोग गर्दछ ।

एजेन्सीको सहयोगमा


प्रकाशित मिति: १ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?