Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैनः अमेरिका


८ चैत्र, एजेन्सी। संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किएभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ । उसले निष्पक्षरूपमा मध्यस्थता गर्न चीन सक्षम नरहेको टिप्पणी पनि गरेको छ ।

मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटनबीच भएको वार्तामा युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङ मध्यस्थता गर्न तत्पर रहेको बताएपछि मध्यस्थ बन्ने चीनको लक्ष्यप्रति अमेरिकाले आलोचना गरेको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेन युद्धको अन्त्यका निम्ति हुने मध्यस्थतामा चीनलाई निष्पक्षरूपमा हेर्न नसकिने बताएका छन् । उनले युक्रेनमाथि भएको रुसी आक्रमणको आलोचना नगरेर चीनले रुसबाट इन्धन आयात जारी राखेको तथा पश्चिमा मुलुकले मस्कोमाथि प्रतिबन्ध लगाए पनि बेइजिङ मौन रहेकाले चीनको निष्पक्षतामाथि प्रश्न उठ्ने तर्क गरेका छन् ।

युक्रेन युद्ध अन्त्य गर्नेसम्बन्धमा चीनले १२ बुँदे मार्गचित्र प्रस्तुत गरेको छ । मार्गचितत्रमा सबै देशको क्षेत्रीय सार्वभौमसत्ताको सम्मान तथा सबै समस्याको समाधान संवादको माध्यमबाट खोजिनुपर्नेमा जोड दिइएको छ ।

वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताउनुभएको थियो । विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका जनाउँदै उहाँले वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने बताएका थिए ।

राष्ट्रपति पुटिनले वार्ताका लागि आफू तयार रहेको बताउँदै बेइजिङले प्रस्तुत गरेको मार्गचित्रको प्रशंसा गरेका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?