बाँके। राप्ती सोनारी गाउँपालिका-५ स्थित सिद्देश्वरी सामुदायिक वन र सुनखोली सामुदायिक वनको सिमानामा एकनाले भरूवा बन्दुक १ थान बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहीबार